लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत बोर्डर आउट पोष्ट झिलमिला र प्रहरी चौकी झिलमिलाबाट खटीएको संयुक्त टोलीले २ जनालाई पक्राउ गरेको हो।

जिल्लाको बेलडाँडी गाउपालिका ४ कान्छीबजारबाट वडा नम्बर १ बस्ने अन्दाजी १८ वर्षीया सुदिप बिष्ट र वडा नम्बर २ का अन्दाजी १८ वर्षीया संजय बिष्ट पक्राउ परेका हुन्।

उनीहरुको साथबाट अन्दाजी ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी ब्राउन सुगरसहित दुबै जनालाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको गणले जनाएको छ।

 


२८ भदौ २०७८, सोमवार ०८:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु