जानकी गाउँपालिका स्थानीय तह अस्थाई करार कर्मचारी हकहित मञ्चको अध्यक्षमा बुढा
जानकी गाउँपालिकामा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुको भेलाले जानकी गाउँपालिका वडा नम्बर ९ का वडा सचिब प्रेमबहादुर बुढाको अध्यक्ष्यतामा १७ सदस्यीय जानकी गाउँपालिका स्थानीय तह अस्थाई करार कर्मचारी हकहित मञ्च गठन गरिएको छ ।
मञ्चको उपाध्यक्षमा वडा नम्बर ४ का वडा सचिव पूर्णबहादुर बिष्ट र सूचना प्रविधि अधिकृत जशोदा कठरिया, सचिवमा लेखाशाखा भरतबहादुर थापा, कोषाध्यक्षमा आधारभुत स्वास्थ्य केन्द्र लायकपुर टंकु भण्डारी र सहसचिवमा न्यायिक शाखाका नेत्रप्रसाद जैशी चयन भएका छन् ।
मञ्चको सदस्यहरुमा रोजगार शाखाका तप्त अधिकारी, योजना तथा पूर्वाधार शाखाबाट रामकृष्ण चौधरी, राजश्व शाखाबाट गंगाराम चौधरी, जानकीनगर स्वास्थ्य चौकीका कमल ढुंगाना, पन्जिकरण शाखाका सागर कठरिया, सहकारी शाखाका रामप्रसाद चौधरी, कृषि शाखाका प्रियंका चौधरी, सवारी चालकबाट रामलाल चौधरी, कार्यालय सहयोगीबाट जगदिश चौधरी र चौकीदारबाट रामबहादुर रावल चयन भएका छन् ।
भेलाले जानकी गाउँपालिका वडा नम्बर ३ का वडा सचिव गणेशबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहाकार समितिसमेत गठन गरेको छ । जसको सदस्यमा न्यायिक शाखाका खेमबहादुर कठरिया, रोजगार शाखाका विश्राम चौधरी, बक्लौवा आधारभूत स्वास्थय केन्द्रका उर्मिला रावल र पशुसेवा शाखाका एशिश चौधरी रहेका छन् ।
मन्चले गाउँपालिकामा कार्यरतअस्थायी, करार ज्यालादारी कर्मचारीहरुको हकहितका लागि गाउँपालिकामा आवाज बुलन्द गर्न र त्यसका लागि सम्पूर्ण कर्मचारीहरु एकजुट भएर यस अभियानमा लाग्न आग्रह गरेको छ ।
भेलालाई स्थानीय तह अस्थाई करार कर्मचारी हकहित मञ्च सुदूरपश्चिम प्रदेशका सहसचिब दिपेश बजगाईले सहजिकरण गरेका थिउ । मन्चको आगामी बैठक २०७८ भदौ ३१ गते दुर्गौली स्वास्थय चौकीमा जानकारी दिइएको छ ।
२७ भदौ २०७८, आइतवार १७:२८ बजे प्रकाशित












