अधिवेशन बहिस्कार गरेका मल्लकै वडामा सर्वसम्मतमा माली वडा सभापतिमा चयन !
नेपाली कांग्रेसको १४ औं महाधिवेशन गन्यापधुरा वडा नम्बर २ मा सर्वसम्मत रुपमा युवा नेता रमेश माली वडा सभापति चयन भएका छन् ।
गाउँपालिकामा सक्रिय राजनीति गर्दै आएका माली शनिबार वडा अधिबेशनमा सर्वसम्मत चयन भएका हुन् । जिल्लामा क्रियाशील सदस्यतामा विवाद भएपछि डडेल्धुरा पार्टी सभापति कर्ण मल्लले बहिष्कार गरे पनि उनकै वडामा सर्वसम्मतमा नयाँ कार्यसमिति चयन भएको छ ।
पार्टीमा कुनै गुट र उपगुट नगरी नेपाली काँग्रेसमा युवाको नेतृत्व गर्ने उद्देश्यसहित आगामी आउने निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन र स्थानीय,जिल्लामा काङ्ग्रेस बलियो बनाउने बताए ।
माली सामाजिक कार्यमा पनि सक्रिय युवा पनि हुन् । वडामा युवाको आकर्षक बढ्दो देखिएपछि पार्टी बलियो हुने बिश्वास गरेका छन् । यस्तै सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको छ।
२६ भदौ २०७८, शनिवार १८:१८ बजे प्रकाशित












