कंचनपुरमा बेवारिसे अवस्थामा मानव कंकाल फेला
कञ्चनपुरमा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको छ । जिल्लाको लालझाडी गाउँपालिका–३, डाडाजाईमा पहिचान नखुलेको अवस्थामा शनिवार दिउँसो १२ बजेतिर मानव कंकाल फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले जानकारी दिए ।
उनका अनुसार फेला परेको मानव कंकाल केही दिन अघि दोदा नदिमा आएको बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।
“प्रारम्भिक अनुसन्धानका क्रममा महिलाकै शरीर हुनसक्ने घटनास्थल नजिकै भेटिएका केही प्रमाणले देखाए पनि” खड्काले भने “पुष्टि भने हुन बाँकी छ ।”स्थानीयको खबर पछि इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोली घटनास्थलतर्फ पुगेको थियो ।
२६ भदौ २०७८, शनिवार १८:२९ बजे प्रकाशित












