punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भरुवा बन्दुकसहित एक युवक पक्राउ

Chaupati
safha napa

कैलाली प्रहरीले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका–१० दमैराका २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

शुक्रबार राति अस्थायी प्रहरी पोस्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकलगायत साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको गोली आठ थान, गुलेली एक थान, रेन्ची एक थान, फलामको धुलो, केप बनाउने साँचो, सलाई एकथान, रबर डोरी एकथान र बारुदसहित पक्राउ गरेको बताएको छ।चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२० भदौ २०७८, आइतवार १०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु