punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘एसएसबीले तुइन काटेको प्रतिवेदन आयो, सरकारले कूटनीतिक पहल गर्नुपर्छ’

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाबारे सरकारले तत्कालै भारत सरकारसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन्। दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको प्रकरणमा सरकारी छानविन टोलीले एसएसबीले तुइन काटेको प्रतिवदेन बुझाएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका सम्बन्धमा मैले लगत्तै राष्ट्रिय सभाको बैठकमा बोल्दै स्पष्टसँग भनेको थिएँ भारतीय एसएसबीले तुइनको तार फुस्काइदिएको कारणले नै यो दुःखद घटना घटेको हो र एसएसबी नै यस निम्ति जिम्मेवार छ,’ नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्।

भारतले गल्ती स्वीकार गर्दै नेपालसँग माफी माग्नुपर्ने उनको भनाइ छ। दोषीलाई कार्वाही गरेर पीडित परिवारलाई परिपुरण गर्दै यस प्रकारका घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

‘नेपाल सरकारले तत्काल वार्ता र कुटनीतिक पहलद्वारा भारतसँग यसको आपत्ति र बिरोध गर्दै उपरोक्त विषयहरुमा भारतलाई सहमत गराउनुपर्छ’ उनले लेखेका छन्, ‘तत्काल सरकारले भारतीय सरकारसँग वार्ता गरी नेपालको राष्ट्रिय स्वाभिमान र नेपालीहरुको न्याय स्थापित गरोस्।’


१६ भदौ २०७८, बुधवार १६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु