आज दिउँसाे सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने
आज दिउँसो सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।राति भने वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसमविद् सजिना शाक्यले बताए । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परेको छैन ।
तर, दिउँसो पछि पानी पर्न सक्ने उनले बताए। केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको छ । तर, लगातार झरी नपरे पनि पानी पर्ने सम्भावना भने रहेको शाक्यले बताए।
मौसमविद्का अनुसार देशका धेरै ठाउँमा आज पनि हल्कादेखि मध्यमखालको वर्षा हुनेछ । पानी पर्न केही कम भए पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
१५ भदौ २०७८, मंगलवार ०९:५० बजे प्रकाशित































