punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ऋतिकले काम गर्न अस्वीकार गरेका सुपरहिट फिल्महरू

Chaupati
safha napa

बलिउड सुपरस्टार ऋतिक रोशनले थुप्रै सुपरहित फिल्ममा काम गरिसकेका छन्। उनको अभिनय र डान्सको दमले जो कोहिलाई दिवाना बनाइदिन्छ।उनले थुप्रै सुपरहिट फिल्म दिएका भए पनि अहिले पनि ऋतिकलाई अफर आएका केही फिल्ममा भने काम नगरेकोमा पश्चाताप लाग्नेगर्छ। उनले आफ्नो करिअरका ७ सुपरहिट फिल्ममा काम गर्नबाट इन्कार गरिदिएका थिए।

एस एस राजामौलीले बाहुबलीका लागि सुरुमा ऋतिकलाई चुनेका थिए। तर, ऋतिकले उनको उक्त प्रस्तावलाई अस्वीकार गरिदिएका थिए। यस बारेमा राजामौलीले एक अन्तरवार्तामा जानकारी दिएका थिए।

यस्तै ऋतिकले अस्वीकार गरेको अर्को फिल्म हो रंग दे बसन्ती। आमिर खान अभिनित रंग दे बसन्तीमा सिंधानियाको भूमिका निभाउनका लागि सुरुमा ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियो। तर, क्रिश फिल्मको व्यस्तताका कारण ऋतिकले यो फिल्को अफरलाई इन्कार गरिदिएका थिए।

स्वदेश फिल्ममा पनि पहिलो अफर ऋतिकलाई आएको थियो। उनले इन्कार गरिदिएपछि शाहरुख खानले उक्त फिल्ममा अभिनय गरे।फरहान अख्तरको चर्चित फिल्म दिल चाहता हैमा पनि ऋतिक नै पहिलो रोजाइमा थिए। तर, उनले फिल्म खेल्न अस्वीकार गरिदिएपछि अक्षय खन्नालाई चुनिएको थियो।

मै हुँ ना ऋतिकले अस्वीकार गरेको अर्को फिल्म हो। शाहरुखको सानो भाइको भूमिकाका लागि ऋतिकलाई अफर गरिएको थियो। यसमा ऋतिकले फिल्मको केही अंशमा अभिनय पनि गरे। पछि समय व्यवस्थापनमा समस्या हुनथालेपछि उनले बीचमै अभिनय छोडिदिए।

लगानमा मेकर्सले ऋतिकलाई रोजेका थिए। आमिर खानको उक्त फिल्मा कालागि शाहरुख, ऋतिक, अभिषेकलाई सम्पर्क गरिएको थियो। यस फिल्ममा ऋतिकसँगै अन्य कलाकारले पनि काम गर्न इन्कार गरिदिएका थिए।

पिंक पैन्थर–२ मार्फत ऋतिक हलिउडमा डेब्यू गर्न चाहन्थे। यस फिल्ममा उनीसँगै धूम–२ की सह–अभिनेत्री ऐश्वर्या राय अनि अनुवन्धित हुने कुरा थियो। तर, आफ्नो भूमिका दमदार नहुने देखेपछि ऋतिकले उक्त फिल्ममा अभिनय गर्न इन्कार गरिदिएका थिए।


१२ भदौ २०७८, शनिवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु