punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार न्यूरेद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागी सहयोग

Chaupati
safha napa

नेपाल प्रेस यूनियन कैलाली शाखाकी केन्द्रिय पार्षद जमूना न्यूरेले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । न्यूरेले तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि ५ हजार रुपैयाँ सहयोग गरेकी छिन

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व। तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न पत्रकार, सामाजिक क्षेत्रमा ब्यक्ती र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् ।

लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको पत्रकार नयूरेले बताए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । स्व.पत्रकार खड्कालाई अमर राख्ने शाखाको अभियानलाई सहयोग गरेकोमा प्रेस यूनियन डोटीका कोषाध्यक्षा चक्र मल्लले धन्यबाद सहित जन्मदिनको शुभकामना दिएका छन् ।


११ भदौ २०७८, शुक्रवार १७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु