punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले एकताको सहमतिविपरीत विद्यार्थीको पुरानो कमिटी हटाएर नयाँ चयन

Chaupati
safha napa

कञ्चनपुरमा नेकपा (एमाले)को संस्थापन पक्ष पार्टी एकताका लागि गरिएको सहमतिविपरित अघि बढेको छ। एमालेको विद्यार्थी संगठनको नयाँ कमिटी गठन गरी एमाले संस्थापन पक्ष सहमतिविपरित अघि बढेको हो ।

एमाले पार्टी एकताका लागि २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउने सहमति गरेको थियो। तर, त्यसविपरीत एमालेले अनेरास्ववियूका निर्वाचित अध्यक्ष ओम बस्नेतलाई हटाएर सहसचिव कमल रोकायालाई अध्यक्ष बनाएको छ।

जिल्ला भेलाबाट रोकायाको अध्यक्षतामा ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा नरेन्द्र कार्की र सचिवमा अमर बहादुर धामी चयन गरिएका छन्। यसअघि कार्की सहसचिव थिए। सह सचिवमा पुष्कर भट्ट, पार्वती महरा, धर्मराज जोशी र दिलबहादुर सुनार छन्।अखिलको जिल्ला कोषाध्यक्षमा भने विक्रम थापालाई चयन गरिएको छ। एमाले संस्थापनले पार्टी एकता अघि बढेपछि धमाधम भेला गरी नयाँ कमिटी चयन गरिरहेको छ।

जिल्ला भेलामा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, अनेरास्ववियूका अध्यक्ष ऐन महर, राजेन्द्र सिंह रावल, निरु पाल, वीरबहादुर थापा, महेश पन्त, पल्लव राज भट्ट र कर्णबहादुर हमाल लगायतका नेता सहभागी भएका छन्।एमाले संस्थापनले एकताको सहमतिविपरीत भेला गरेपछि नयाँ दलमा नगएका नेपाल समूहका नेताहरु सशंकित हुन पुगेका छन्।

‘एकातिर पार्टीलाई २०७५ जेठ २ मा फर्काउने भन्ने छ, यता भटाभट भेला गरी नयाँ नेतृत्व चयन भइरहेको छ, यो राम्रो होइन’ एमाले जिल्ला कमिटी सचिवालय सदस्य मोहन रावलले भने।उनले पार्टी एकताका लागि सहमति अक्षरशः पालना नभए शंका उपशंका उब्जिने भएकाले नयाँ गतिविधि तत्काल रोक्नुपर्नेमा जोड दिए।

 


११ भदौ २०७८, शुक्रवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु