चितुवा मृत अवस्थामा फेला
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ को जगंलमा चितुवा मृत अवस्थामा फेला परेको छ ।सोही गाउँपालिकाको पुर्व पट्टीको जंगलमा करिव दिउँसो १ः५० बजे तिर चितुवा मृत अवस्थामा देखा परेको हुदा आइतबार खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष कुम्भनाथ योगीले अस्थायी प्रहरी कार्यालय आटीचौरमा जानकारी दिएका थिए ।
सोही जानकारी अनुसार अस्थायी प्रहरी कार्यालय आटीचौर इन्चार्ज शेर बहादुर थापाको नेतृत्वमा गएको टोलीले सो चितुवालाई जिल्ला डिभिजन वन कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
चितुवा मरेको करिव ५÷७ दिन भएको हुन सक्ने , चितुवाको आदि शरीर कुहिएको र अन्य कुनै जनावरले छाला तानेर खाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले बताएका छन् ।
मृत अवस्थामा फेलापरेको चितुवालाई डिभिजन वन कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय बाजुरा र प्रहरीको रहोबरमा खाडलमा गाडिएको डिभिजन वन कार्यालयका प्रमुख कालिराम चौधरीले बताए ।
७ भदौ २०७८, सोमवार २०:०१ बजे प्रकाशित












