राष्ट्रिय फुटबल टोलीमा परेनन् भरत खवास र रेजिन धिमाल

भरत खवास र रेजिन धिमालसहित १० खेलाडीलाई बाहिर राख्दै साफ च्याम्पियनसिपका लागि २८ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको छनोट गरिएको छ।राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणबाट १० खेलाडीलाई बाहिर राख्दै च्याम्पियनसिपका लागि २८ खेलाडी छनोट गरेका हुन्।

दोस्रो चरणबाट बाहिरिनेमा फरवार्ड भरत खवाससँगै रजिन धिमाल, सञ्जोक राई, विशाल सुनार, रनदिप पौडेल, जर्जप्रिन्स कार्की, राजिव लोप्चन, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे र विक्रम लामा छन्।साफ च्याम्पियनसिपको तयारीका लागि प्रारम्भिक चरणमा ५० खेलाडी बन्द प्रशिक्षणमा बोलाइएका थिए।

च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रिपुर्ण खेल खेल्नेछ। मैत्रिपुर्ण खेल काठमाडौको दशरथ रंगशालामा २ र ५ सेप्टेम्बरमा हुनेछ। च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली अहिले पोखरामा प्रशिक्षण गरिरहेको छ।

२८ सदस्यीय टोली
किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डांगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अविशेष रिजाल, शिशिर लेखी।


१ भदौ २०७८, मंगलवार १२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु