कुवेत हुँदै अफगानिस्तानबाट ११८ नेपाली र ९ भारतीय काठमाडौं आइपुगे

अफगानिस्तानबाट ११८ जना नेपाली काठमाडौं आइपुगेका छन्।अमेरिकी सेनाले अफगानिस्तानबाट कुवेत लगेका नेपाली र केही भारतीयलाई स्वदेश फर्काइदिएको हो। उनीहरु जजिरा एयरलाइन्सबाट काठमाडौं आएका हुन्।

भारतीय नागरिकलाई भने नेपाल हुँदै दिल्ली पठाइनेछ।कुवेतबाट काठमाडौंसम्म आउने व्यवस्था पनि अमेरिकी सेनाले नै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनीहरुलाई नेपाली सेनाले सामाखुसीमा बनाएको क्वारेन्टिनमा लगिएको छ।अब त्यहाँ एन्टिजेन परीक्षण गरेर मात्रै क्वारेन्टिनमा राख्ने वा घर पठाउने निर्णय हुनेछ।उनीहरुलाई घरसम्म पठाउने व्यवस्थान पनि सरकारले नै गर्ने भएको छ।

 


१ भदौ २०७८, मंगलवार १२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु