punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुधारिँदै मनसुनी प्रणली, देशभर सामान्य वर्षाको सम्भावना

Chaupati
safha napa

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा विस्तारै दक्षिणतर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशभर सामान्य बदलीसँगै केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनी प्रणाली सामान्यतर्फ उन्मुख भएकाले केही दिन लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबारबाट भने उच्च पहाडी र हिमाल छोएका जिल्लामा वर्षा हुने सम्भावना रहेको छ।


१० साउन २०७८, आइतवार ०७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु