punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थपिए २६७६ संक्रमित, ३३ को मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ८२५६ जनाको पिसिआर परीक्षणबाट १७८२ जनामा संक्रमण पुष्टि भएको छ भने ४५१२ जनाको एन्टिजेन परीक्षणबाट ८९४ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७५७ जना संक्रमणमुक्त भएका छन्।यस्तै ३३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४६३ पुगेको छ।


३१ असार २०७८, बिहीवार १७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु