माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय
काठमाडौँ । निर्वाचन आयोगले पूर्वमाओवादी केन्द्र दल दर्ता खारेजीको माग अस्वीकार गरेको छ । पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझीलगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै आयोगले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको माओवादी केन्द्र बैधानिक रहेको बताएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संवैधानिक तथा कानूनी प्रक्रिया पूरा गरेर दर्ता भएको पार्टीका विषयमा अन्य निर्णय गर्नुनपरेको जानकारी दिए ।
‘संवैधानिक तथा कानूनी प्रक्रिया पूरा गरेर दर्ता भएको छ । उक्त निवेदनमाथि केही गर्नुपरेन भनेका छौं’, प्रवक्ता श्रेष्ठले भने । माओवादी केन्द्र परित्याग गरि एमालेमा गएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दे निवेदन दिएका थिए ।
२७ असार २०७८, आइतवार १७:०८ बजे प्रकाशित































