punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडी तनाव सिर्जना

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अघि बादी समुदायका नागरिकबिच एक आपसमा झडप भएको छ ।

प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ । आइतबार बादी उत्थान समिति कि अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

मिठु बादी नेतृत्वको बादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए । तर, उनीहरुले आफूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप लगाए ।

रमा बादी नेतृत्वको समूहले बादी समुदायको नागरिकको नाममा यस अघि पनि बिभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अघि हात हालाहालको अवस्था सृजना भएको हो।


२७ असार २०७८, आइतवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु