पहिरोमा पुरिदा गोरखामा एकै परिवारका दुई जनाको मृत्यु

गोरखा। पहिरोले घर पुरिदा गोरखाको सिरानचोक गाउँपालिका–७ मा एकै परिवारका दुई वृद्ध वृद्धाको मृत्यु भएको छ। पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र उनकी श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन्। उनीहरूको शव बिहान १० बजेतिर पहिरो हटाएर बाहिर निकालेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए।


१९ असार २०७८, शनिवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु