punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णालीको पुल भासिएर अवरुद्ध भएको आवागमन सुचारू

Chaupati
safha napa

धनगढी । कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएर अवरुद्ध भएको आवागमन ५ दिनपछि सुचारू भएको छ।पुलको पूर्वतर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकोमा मर्मतपछि बिहिबार सुचारू भएको हो।

नदीले पूर्वतर्फको भाग काट्न थालेको थियो। नदी कटान रोक्नका लागि इलाका प्रहरी कार्यालय राजापुरबाट सुरक्षाकर्मी खटिएको थियो।यो पुल हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको हो। पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो।

यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो। विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए।


१८ असार २०७८, शुक्रवार १२:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु