बेदकोटमा किसानलाई अदुवाको बिउ वितरण
कञ्चनपुर । बेदकोट नगरपालिका २ मा किसानहरुलाई अदुवाको बिउ सहयोग गरिएको छ ।
स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा सञ्चालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति परियोजना अन्र्तगत १४ परिवारलाई दुई सय किलोका दरले बिऊ सहयोग गरिएको छ ।
वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले बसन्ततला टोलमा किसानलाई बिउ हस्तान्तरण गरेका छन् । स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।
पहिलो चरणमा कृर्षि क्षेत्रमा यस नगरपालिकामा रहेका ४ सय २५ जना भन्दा बढी किसानहरु लाई संस्थाले लघुउद्यमी बनाउन सहयोग गरेको थियो ।
यस वर्ष २ सय ५० जना किसान र व्यवसायीलाई अघि बढाउन सहयोग गरिने संस्थाका कार्यक्रम व्यवस्थापक अमित सुनारले बताए ।
स्वीटले अहिले यो बर्षको कार्यक्रम सञ्चालनसँगै हदुवा र हल्दीको सिजन भएकोले वेदकोट नगरपालिकाको वडा न १,२,४,५,७ र ८ मा यो कार्यक्रम संचालन हुनेछ एक वडामा कम्तिमा ८ जनादेखि १४ जना सम्मले अदुवा र हल्दी खेती व्यवसायिक रुपमा लगाउन स्वीट नेपालले सहयोग गरिरहेको कुरा कृषि अधिकृत ललित पाण्डेयले बताए ।
उनका अनुसार हल्दी लगाउने किसानहरुले कम्तिमा अढाई कट्टामा हल्दी लगाउनु पर्नेछ । यसका लागि प्रति कट्टा अदुवाका लागि ८० किलो र हल्दीको हकमा ५० किलो बिउ पुजीको रुपमा ६० जना भन्दा बढीलाई बिउ दिईने भएको छ ।
स्वीट नेपालले दुई वर्षदेखि बेदकोट नगरपालिकामा कोभिड १९ बाट रोजगारी गुमाई वा प्रत्यक्ष रुपमा पीडित वासिन्दाका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बेदकोट नगरपालिका र युएनडिपीको सहयोगमा कार्यक्रम सञ्चालन गर्दे आईरहेको छ । यस बर्षपनि २५० भन्दा बढी व्यक्तिहरुको सहयोगका लागि संस्थाले विभिन्न कार्यक्रम मार्फत उनीहरुको शशिक्तकरण गर्ने लक्ष्य लिइएको छ ।
१५ असार २०७८, मंगलवार १६:२१ बजे प्रकाशित































