punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको भीमदत्तमा पनि मनाइयो धान दिवस

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्तनगरपालिकाले पनि धान दिवस मनाइएको छ। नगरपालिकाले धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि भन्ने मुल नाराका १८ औँ धान दिवस मनाएको हो ।

‘नगरपालिकाले प्रत्येक वर्ष जस्तै यसपटक पनि किसानहरुको प्रत्यक्ष सहभागितामा धान रोपेर दिवस मनाएको छ।’भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने,‘नगरपालिकाले धानको पकेट क्षेत्र निर्धारण गरेर धान उत्पादनमा बढोत्तरी गर्ने कार्य गरिरहेको छ, यसैगरी नगरका १९ वडा मध्ये १३ वडामा धानको उत्पादनलाई बढावा दिनको लागि सुपरजोन कार्यक्रम पनि सञ्चालन गरेको छ ।’

नगरपालिकाले अन्य क्षेत्र सँगसँगै कृषिलाई व्यवसायिकरण गर्नको लागि नगरको समृद्धिको मुख्य आधार कृषि क्षेत्रलाई मानेको छ । कोरोना महामारीको बढ्दो प्रभावलाई कम गर्न नगरपालिकाले नगरका युवालाई कृषि क्षेत्रमा आर्कषण गर्नको लागि विभिन्न कार्यक्रम पनि ल्याएको नगर प्रमुख विष्टले बताए ।

नगरपालिकाको जम्मा कृषि योग्य भुमी मध्ये झण्डै ८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । नगरपालिका भरीमा ३० हजार ६ सय ६० मेट्रिक टन धान उत्पादन हुने गरेकोमा १० हजार सात सय मेट्रिक टनमा नगरपालिकामा खपत हुने गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकाले उन्नत विउविजन वितरण र कृषी आधुनिकिकरणमा पनि जोड दिएको छ । नगरले १ वडा १ उत्पादन गर्ने उदेश्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त क्षेत्रको पर्वधनमा नगर रहेको नगर प्रमुख सुरेन्द्र विष्टको भनाई छ ।


१५ असार २०७८, मंगलवार १६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु