punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुपालाई न्याय माग्दै मकवानपुरमा विरोध कार्यक्रम हुने

Chaupati
safha napa

काठमाडौँमा जातका आधारमा कोठा भाडा नदिइएको भन्दै मकवानपुरमा दलित अधिकारवादी सङ्घसंस्थाले रुपा सुनारको न्यायका लागि दबाब सिर्जना गर्ने भएका छन् ।

रुपाको न्यायका लागि मकवानपुरमा  बुधबार र बिहिबार विरोध कार्यक्रम हुने भएको छ ।

जिल्लामा असार २१ गतेसम्म निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामै विरोधका कार्यक्रम गर्ने दलित अधिकारकर्मी सुधन विश्वकर्माले बताए । सुनारले न्याय नपाएसम्म विरोध कार्यक्रम जारी रहने उनले बताए ।

मकवानपुरमा क्रियाशील १० दलित अधिकारवादी सङ्घसंस्थाले रुपा सुनारको कोठाभाडा विषयमा उचित छानबिन गरी न्याय प्रदान गर्न प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेमार्फत जिल्लाका १० वटा दलित अधिकारवादी सङ्घसंस्थाले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ध्यनाकर्षण गराएका हुन् ।


१५ असार २०७८, मंगलवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु