Hotel Flora Long Ad

कैलालीमा जारी निषेधाज्ञा असार २२ गतेसम्म लम्बियो

धनगढी : जिल्ला संकट व्यवस्थापन केन्द्रले कैलाली जिल्लामा पनि परिमार्जनसहित निषेधाज्ञा थप्ने निर्णय गरेको छ । आज भएको केन्द्रको बैठकले २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए। उक्त निर्णयअनुसार अब १६ गतेदेखि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सबै प्रकारका पसल खोल्न पाइनेछ।

यस्तै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले बताए । उनका अनुसार सार्वजनिक सवारी साधन विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।


१४ असार २०७८, सोमवार १९:५३ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु