punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा २४ घण्टामा ६४ हजार ५२७ जना कोरोनामुक्त

Chaupati
safha napa

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका ५१ ह्जार ६६७ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड एक लाख ३४ हजार ४४५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा छ लाख १२ हजार ८६८ जना सक्रिय सङ्क्रमित छन् ।

गएको चौबीस घण्टामा ६४ हजार ५२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ९१ लख २८ हजार २६७ जना कोरोनामुक्त भएका छन् ।

गएको चौबीस घण्टामा नै एक हजार ३२९ जना सङ्क्रमित ज्यान गएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट तीन लाख ९३ हजार ३१० जनाले ज्यान गुमाएका छन् । हालसम्म ३० करोड ७९ लाख ४८ हजार ७४४ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् ।


११ असार २०७८, शुक्रवार १२:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु