कैलालीका ४ जनप्रतिनिधी सहित १४ जनाको पद गुुम्यो
काठमाडौँ – २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । नेकपा एमालेमा प्रवेश गरेका उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेको छ ।
रौतहटमा ७, कैलालीमा ४, सिरहामा, ओखलढुंगामा र महोत्तरीमा एक-एक जना जनप्रतिनिधि रिक्त भएका छन् छन् । असार ७ गते बसेको माओवादीको केन्द्रीय समितिको बैठकले पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय निर्वाचन आयोगलाई पठाएको थियो ।
कैलालीका ४ जनप्रतिनिधीको पद गुम्यो
कैलालीमा माओवादी केन्द्रबाट निर्वाचित ४ जनप्रतिनिधिहरुको पद गुमेको छ । पदमुक्त हुनेमा कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका वडा नं. ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पुरन बि.सि रहेका छन ।
११ असार २०७८, शुक्रवार १०:१९ बजे प्रकाशित































