punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङको पनि दाबी

Chaupati
safha napa

प्रदेश सभामा विश्वासको मत लिन असफल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीमा पुनः दाबी गरेका छन् । विश्वासको मत पाउन असफल मुख्यमन्त्री गुरुङले केन्द्रको सिको गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।

राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भन्दै दलको पत्रसहित पुनः आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न भन्दै उनले दाबी गरेका हुन् । एमालेका २७, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् ।

पार्टीको कारबाहीमा परेका जनमोर्चाका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी प्रदेश कमिटीको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार जनमोर्चाका कृष्ण थापाले आफू दलको नेता रहेको र पार्टीको समर्थन गुरुङलाई रहेको पत्रसँगै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य शंकर गौतम र पार्टीका गण्डकी प्रदेशका पूर्वसंयोजक अनिल परियारको पत्रसहित दाबी पेस भएको हो ।

गुरुङले दाबी पेस गर्नुअघि शुक्रबार कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्दै मुख्यमन्त्रीका लागि आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेका छन् ।

पोखरेलले दाबीसँगै आफूलाई समर्थन गरेका ३१ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई प्रदेश प्रमुखकै सामुन्ने सनाखतसमेत गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले शुक्रबार ३ बजेसम्मका लागि २४ घन्टाको समय दिएर आह्वान गरेकी थिइन् ।

६० सदस्य प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद छन् ।


२९ जेठ २०७८, शनिवार १७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु