punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाका विषयमा सरकारले तोकेका बाहेक व्यक्तिले सञ्चारमाध्यममा बोल्न नपाउने

Chaupati
safha napa

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीसहित समग्र जनस्वास्थ्यका विषयमा तोकिएका आधिकारिक व्यक्तिबाहेक अरुलाई जानकारी दिन रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रालयमा हिजो बसेको बैठकले सरकारका विभागीय मन्त्रीहरु वा मन्त्रालयले तोकेका पदाधिकारीहरुबाहेकले आधिकारिक जानकारी वा पुष्ट्याइँ गर्न नपाउने निर्णय गरेको हो ।

जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिले सञ्चारमाध्यममा बोल्ने वा टिप्पणी गर्ने गरेकाले यसले नागरिकलाई भ्रमित बनाएको भन्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेका बाहेक व्यक्तिबाहेकले दिएको जानकारी प्रकाशन तथा प्रसारण नगर्न पनि मन्त्रालयले सञ्चारमाध्यमहरुलाई सूचित गरेको छ । सो निर्णय कार्यान्वयनका लागि मन्त्रिपरिषद्को कार्यालयमा पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।

 


१८ जेठ २०७८, मंगलवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु