punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विवेकशील साझाका पूर्वअध्यक्ष थापाको निधन

Chaupati
safha napa

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको छ। मेडिसिटी अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा निधन भएको उल्लेख गरिएको छ ।

कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि उनको जेठ १४ देखि अस्पतालको भेन्टिलेटर तथा इक्मो अत्याधुनिक उपकरणबाट उपचार हुँदै आएको थियो ।

उनको जेठ १७ गते कोरोना रिपोर्ट नेगेटिभ आएपनि शरीरका अंगहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिटेन्डेन्ट डा राज राणा र मुटु शल्य चिकित्सक डा विजय राजवंशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


१८ जेठ २०७८, मंगलवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु