अझै सुरु भएन एमाले स्थायी कमिटी बैठक
सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक अझै सुरु हुन सकेको छैन। बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो।
प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण अहिलेसम्म बैठक सुरु हुन नसकेको नेताहरूले बताएका छन्। आजको स्थायी कमिटी बैठकमा अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षालगायत पार्टीभित्रको आन्तरिक विवादका बारेमा छलफल हुने बताइएको छ।
१८ जेठ २०७८, मंगलवार १३:३२ बजे प्रकाशित































