नोकियाले बजारमा ल्यायो नयाँ स्मार्टफोन, यस्ता छन् फिचर

नोकियाले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । नोकिया स्मार्टफोन नोकिया ३.४ नेपाली बजारमा सार्वजनिक गरेको हो । शक्तिशाली प्रोसेसर, प्रिमियम डिजाइन र एन्ड्रोइड संयोजनका रुपमा उक्त फोन नेपाली बजारमा उपलब्ध हुने भएको हो ।
सस्तो मूल्यका साथ नेपाली बजारमा भित्रिएको यो फोनमा क्वालकम स्न्यापड्रागन ४६० प्रासेसर रहेको छ । यसमा ६.३९ इन्चको एचडी प्लस पञ्चहोल डिस्प्ले रहेको छ । एन्ड्रोइड वानको साथ उपलब्ध हुने उक्त फोनमा तीन वर्षको मासिक सेक्युरिटी अपडेट र दुई वर्षको ओएस अपग्रेड उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फोनमा ५ एमपी अल्ट्रावाइड लेन्स र एआई इमेजिङका साथ ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ, जसको मद्धतले उत्कृष्ट फोटो तथा भिडियोको मज्जा लिन सकिनेछ ।
फोनमा ४ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । जसले गर्दा फोन एक पटकको चार्जमा दुई दिनसम्म टिक्ने दाबी कम्पनीले गरेको छ । नोकिया एन्ड्रोइड वनको एक हिस्सा भएकाले नोकिया ३.४ मार्फत प्रयोगतर्काले एन्ड्रोइड टेनमा उपलब्ध हुने हरेक फिचर प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै यसमा तीन वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र दुई वर्षको सफ्टवेयर अपग्रेड उपलब्ध हुनेछ । आइतबारदेखि नेपाली बजारमा यो फोन ग्रे कलरमा उपलब्ध भएको छ । फोनमा ३ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी रहेको छ, यसको बजार मूल्य १८ हजार ६ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
७ मंसिर २०७७, आइतवार १३:४० बजे प्रकाशित