punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते

Chaupati
safha napa

धनगढीबाट बझाङ गईरहेको जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन । सोमबार बिहान ५ बजेतिर बिरामी पुर्याएर धनगढीबाट बझाङ गईरहेको जीप  बैतडीको पाटन नगरपालिका -८ स्थित वृन्दावनमा दुर्घटनामा परेको प्रहरीले बताएको छ । 

जीप सडकबाट करीब एक सय मिटर तल खसेको र दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बाएको छ । कार्यालयका अनुसार जीप चालक बझाङको वित्थडचीर गाउँपालिका ४ का २३ वर्षीय चन्द्र अधिकारीको अवस्था गम्भीर रहेको छ । । त्यस्तै जीपमा सवार बझाङकै केदारस्युँ गाउँपालिका २ का २५ वर्षीय भानुभक्त रावल र सोही गाउँपालिका ३ का १९ वर्षीय सुनिल खाती सामान्य घाइते रहेका छन् ।

उनीहरुलाई बैतडीको सिद्धेश्वर स्वास्थ्य चौकी खोड्पेमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ । दुर्घटनाको कारण भने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले बताएको छ ।


१७ जेठ २०७८, सोमवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु