punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारले पनि अध्यादेशमार्फत प्रक्रिया छोट्याएर बजेट ल्याउँदै

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत प्रक्रिया छोट्याएर बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सभाको अधिवेशन सञ्चालन गर्दा संक्रमण हुन सक्ने खतरालाई मध्यनगर गर्दै प्रक्रिया छोट्याएर बजेट अधिवेशन बोलाउने तयारी गरिएको नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

उनले प्रदेशका शुक्रबार बसेको मन्त्री परिषद्को बैठकमा अध्यादेश मार्फत प्रक्रिया छोट्याउने विषयमा छलफल भएको बताइन्।

‘प्रिबजेट (बजेटको प्राथमिकता, सिद्धान्त, उद्देश्य), नीति तथा कार्यक्रम र बजेटमाथि छलफललगायतका प्रक्रिया छोटो बनाउन अध्यादेश ल्याउने विषयमा छलफल भएको छ,’ उनले भनिन्, ‘अध्यादेशको निर्णय भइनसकेको र अब बस्ने क्याविनेटबाट अध्यादेश जारी हुन्छ ।’

प्रदेशमा अहिलेसम्म आगामी बजेटबारे कुनै छलफल हुन सकेको छैन । कोभि–१९ र पछिल्लो राजनीतिक परिस्थितिका कारण बजेटमाथिको छलफल प्रभावित बन्न पुगेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष वर्ष २०७७/७८ मा ३३ अर्ब ३८ करोड १३ लाखको बजेट ल्याएको थियो ।


१६ जेठ २०७८, आइतवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु