punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

एमालेले केन्द्रबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको सांसद पूर्णा जोशीले जानकारी दिइन् ।

योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको सांसद जोशीले बताइन् ।

एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय लिन मंगलबार बैठक बस्ने प्रयास गरेपनि आन्तरिक सहमति नभएपछि स्थगित भएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको थियो ।


१२ जेठ २०७८, बुधवार १३:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु