सुदूरपश्चिम एमाले ससदीय दलको बैठक सुरू, ओली पक्षका तीन सांसद अनुपस्थित
सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक सुरू भएको छ ।
एमालेले केन्द्रबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको हो ।
सभामुखबाहेक २४ सासद भएको एमाले संसदीय दलको बैठकमा ओली पक्षका तीन जना अनुपस्थित भएका छन् । दलमा ओली पक्षका ६ जना छन् ।
बैठकमा ओली पक्षका नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ्ग सहभागी भएका छन् । गेल्बु बोहरा, रतन थापा र लिलाधार भट्ट अनुपस्थित छन् ।
केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय लिन हिजो बैठक बस्न प्रयास भएपनि आन्तरिक सहमति नभएपछि स्थगित भएको थिएको थियो ।
एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।
१२ जेठ २०७८, बुधवार १०:२७ बजे प्रकाशित













