महाकाली नदीमा डुबेर बैतडीमा एक जना बेपत्ता
महाकाली नदीमा डुबेर बैतडीमा एक एक जना बेपत्ता भएका छन् । जिल्लाकाे शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउद नुहाउने क्रममा एक जना बेपत्ता भएका हुन् ।
मंगलबार बिहान आफन्तको मलामी गएका किशोर नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी गराए ।
नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
११ जेठ २०७८, मंगलवार २०:११ बजे प्रकाशित













