मंगलबार सुदूरपश्चिममा ६सय १९ जनामा कोरोना संक्रमित पुष्टि

मंगलबार सुदूरपश्चिम प्रदेशमा ६ सय १९ कोरोना संक्रमित पुष्टि छन । पिसिआर बिधिबाट गरिएको परिक्षणमा ५ सय ३४ र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर बिधिबाट सेती प्रादेशिक अस्पतालमा १ सय ६७ जना, डडेल्धुरा अस्पतालमा १९ जना, कमल बजार अस्पतालमा ९३, बझाङ अस्पतालमा ५२, डोटी अस्पतालमा २९, बैतडी अस्पतालमा ८४, महाकाली अस्पतालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

मंगलबार पिसिआर बिधिबाट १ हजार ७ सय ५७ र एन्टिजेन बिधिबाट ४ सय ९५ नमूनाको कोरोना परिक्षण गरिएको थियो यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३६ हजार ७ सय ७० पुगेको छ । जसमध्ये १९ हजार ९ सय ८२ जनाले कोरोना जितेका छन । पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित बिभिन्न अस्पतालबाट डिस्चार्ज भएकाे स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

मंगलबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । जसका कैलालीका ५ जना, कञ्चनपुरका २ जना, दार्चुला र बझाङका १÷१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।


११ जेठ २०७८, मंगलवार २०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु