स्ट्याटस लेखेपछि पक्राउ परेका दुई जना रिहा

फेसबुकमा अक्सिजन कालोबजारीको विषयमा स्ट्याटस लेखेको भन्दै पक्राउ परेका धनगढीका दुई जना रिहा भएका छन् ।

भ्रामक स्ट्याटस लेखेको आरोपमा कैलाली प्रहरीले आज पक्राउ गरेका तेज खड्का र मदन भट्ट रिहा भएका हुन् ।

दुवै जनालाई सोधपुछपछि छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । छुटेपछि तेज खड्काले फेसबुकमा स्ट्याटस राख्दै मामाघरबाट घर फिर्ता भएको लेखेका छन् ।

उनीहरु दुबैजनाले औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको भन्दै स्ट्याटस लेखेका थिए।


२२ वैशाख २०७८, बुधवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु