पोखरालाई पराजित गर्दै धनगढी शीर्ष स्थानमा
पोखरा थण्डर्सलाई १–० ले पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीको जितमा दर्शन गुरुङले निर्णायक गोल गरे। पहिलो हाफमा धनगढीमाथि निरन्तर दबाबमा राखेको पोखराल गोल गर्न नसक्दा पराजित भएको हो।
थुप्रै अवसर गुमाएको पोखराको पोस्टमा धनगढीका दर्शनले खेलको ६८ औं मिनेटमा गोल गर्दै १(० को अग्रता दिलाएका हुन्। यो जितसँगै धनगढीले ५ खेलबाट १० अंक जोडेको छ।
जितसँगै धनगढी प्रतियोगिताको प्लेअफ पुग्ने पहिलो टिमसमेत बनेको छ। पोखरा पाँच खेलमा ५ अंक जोड्दै पाँचौँ स्थानमा छ।
२२ वैशाख २०७८, बुधवार २०:४१ बजे प्रकाशित













