punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोरङ-सुनसरी समाज कतारको अध्यक्षमा भीम बराइली निर्वाचित

Chaupati
safha napa

मोरङ सुनसरी (मोसु) सेवा समाज कतारको अध्यक्षमा भीम बराइली निर्वाचित भएका छन्।

कोरोना भाइरस (कोभिड १९) का कारण ुभर्चुअलु माध्यमबाटै ३० अप्रिल २०२१ का दिन १६ औं साधारण सभाबाट बराइलीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो।

बराइलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको मोसुका निवर्तमान अध्यक्ष दिलिप पराजुलीले बताए ।

उनका अनुसार नवनिर्वाचित कार्यसमितिको उपाध्यमा नेत्रकुमार भुजेल (नियम), लिलानाथ घिमिरे, सचिवमा भोला बस्नेत, कोषाध्यक्षमा शुष्मा खतिवडा कटुवाल, सह-सचिवमा पर्शुराम बन्जारा, अच्युत भट्टराई, सह-कोषाध्यक्षमा योजना शर्मा थापा, भरत श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा प्रेमबहादुर राई, बिरजंग थापा, सुनिता कोइराला अचार्य, सबिता दाहाल भट्टराई, गमला बस्नेत खतिवडा, पर्शुराम पोखरेल, गोबिन्द बिश्वकर्मा, जीवन याख्खा राई, मिना बिश्वकर्मा, मुना ढकाल, सुजन ढकाल र छत्रवहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले मोसु प्रवास शाखाहरुले नेपाली समुदायमा विभिन्न माध्यमबाट गरिरहेको सामाजिक कार्यहरु प्रसंशा गरे । यस्तै मोसु कतारका संस्थापक महासचिव चानक पोखरेलले मोसुले भविष्यमा सामाजिक कार्यमा थप उचाई कायम गर्ने बताए ।

कार्यक्रममा प्रवासमा रहेका सातवटै मोसु शाखाको उपस्थिति रहेको भन्दै मोसु प्रवास समन्वय समितिका संयोजक बिनोद भट्टराईले खुशी व्यक्त गरे ।

निवर्तमान अध्यक्ष पराजुलीले कार्यक्रममा उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाईदिने सम्पूर्ण मोसु शाखा, अध्यक्ष परिषद, सल्लाहकारलगायत आफ्नो कार्यकालमा कार्यभार सम्हाली पदीय जिम्मेवारी पूरा गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण कुमार कार्कीले गरेका थिए भने निर्वाचन समिति संयोजकको भूमिका तेज कट्वालले गरेका थिए । अध्यक्षमा निर्वाचित तथा निवर्तमान उपाध्यक्ष बराइलीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई मोसु सचिब भोला बस्नेतले संचालन गरेका थिए।


१९ वैशाख २०७८, आइतवार ०७:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु