कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म लम्बियो
कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म निरन्तरता दिईने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले बैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समयअवधि लम्बिएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणदर बढ्दै गईरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिएकाे हाे ।
संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सो निर्णय लागु हुने उनले जानकारी गराए ।
यस्तैगरी सबै बैंक तथा वित्तीय संस्थाहरु वैैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने उनले बताए ।
१९ वैशाख २०७८, आइतवार ०७:१० बजे प्रकाशित































