देशभर थप ३ हजार बढीमा कोरोना संक्रमण, १२ जनाको मृत्यु

सोमबार देशभर साढे तीन हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५६१ पुगेको छ ।

गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।


१३ वैशाख २०७८, सोमवार १८:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु