सुर्खेतमा निषेधाज्ञा लागु गर्ने निर्णय

सुर्खेतमा निषेधाज्ञा लागु हुने भएको छ । कोरोना संक्रमण उच्च भएपछि जिल्लाभर मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको हो ।

सोमबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले कम्तीमा एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

सुर्खेतमा मात्रै तीन सयभन्दा बढी सक्रिय कोरोना संक्रमित पुगिसकेका छन् । दैनिक परीक्षण गरिएका नमुनामध्ये ६० प्रतिशतभन्दा बढीलाई संक्रमण पुष्टि हुँदै आएको छ ।


१३ वैशाख २०७८, सोमवार १२:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु