punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना रोकथामका लागि कडा निर्णय हुनसक्ने, मन्त्रिपरिषद बैठक बस्दै

Chaupati
safha napa

सरकारले आज कोरोना भाइरसको रोकथामका लागि कडा निर्णय लिने तयारी गरेको छ । आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ ।

आजको बैठकमा कोभिड(१९ व्यवस्थापन केन्द्र सीसीएमसी को बैठकले देशभरका परीक्षाहरु स्थगित गर्ने निर्णयबारे छलफल गरी टुंगोमा पुग्नेछ ।

विद्यालय स्तरका बालबालिकामा कोभिड-१९ को जोखिम बढेपछि सरकारले परीक्षा स्थगितको निर्णय लिन लागेको हो । यसबाट एसईई, दश जोड दुई र विश्वविद्यालयहरुका परीक्षा प्रभावित हुनेछन् ।

यसैगरी, अक्सिजनको अभावलाई दृष्टिगत गरी सरकारले सिलिन्डर आयात गर्न भन्सार छुट दिने निर्णय गर्ने तयारी समेत गरेको छ ।

कम्तिमा २० हजार अक्सिजन सिलिन्डर आयात गर्ने तयारी भएको छ । सीमा नाकामा कडाईबारे समेत सरकारले निर्णय लिने तयारी गरिसकेको छ ।


१३ वैशाख २०७८, सोमवार १०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु