सुनको मूल्य झन बढ्दै, कति छ आज ?
सुनको मूल्य आज झन बढेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँँ बढ्दै प्रतितोला ९२ हजार पुगेको छ ।
सुन हिजो प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
८ वैशाख २०७८, बुधवार ११:०९ बजे प्रकाशित













