भारतमा कोरोना संक्रमणबाट एकै दिन १७ सय बढीको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५३० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको तथ्यांक छ ।

भारतमा केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । कोरोना उच्च जोखिम रहेका ठाउँमा लकडाउन तथा भिडभाड नियन्त्रणका लागि कफ्र्युसमेत लगाए पनि संक्रमण र मृत्यु बढ्ने क्रम कम भएको छैन ।


८ वैशाख २०७८, बुधवार ०७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु