पछिल्लो २४ घण्टामा १७ सय बढीलाई कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै देशभर ८ हजार ६५९ जना सक्रिय संक्रमित पुगेका छन्। ८ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म २ लाख ८७ हजार ५६७ जनालाई कोरोना सक्रमण पुष्टि भइसकेको छ।
आज देशभर २५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यस्तै, हालसम्म संक्रमित भएका २ लाख ७५ हजार ८०६ जना निको भइसकेका छन्।
नेपामला अहिलेसम्म ३ हजार १०२ संक्रमितको मृत्यु भइसकेको छ। आज देशभर ९२ जना संक्रमित क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
७ वैशाख २०७८, मंगलवार १८:३१ बजे प्रकाशित












