सुनको मूल्य चार सय रुपैयाँ घट्यो

सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ८५ हजार ६ सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ९५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१८ चैत २०७७, बुधवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु