शुक्लाफाँटा नगरपालिकामा चैत १० गते सार्वजनिक विदा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चैत १० गते सार्वजनिक विदा दिइने भएको छ । नगरपालिकाको वडा नम्बर ८ स्थित मणिकाधाम वैजनाथ मन्दिरमा मेला लाग्ने भएको हुँदा १० गते (मङ्गलबार) विदा दिइने भएको हो ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शिक्षण संस्थाहरुमा विदा दिइने जनाएको छ । ६ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको सूचनामा उल्लेख छ ।
८ चैत २०७७, आइतवार १७:३७ बजे प्रकाशित












