देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि
देशभर पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तैगरी देशभर पछिल्लो २४ घन्टामा थप १०६ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७१ हजार ९२१ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल ४८ जना क्वारेन्टाइनमा र ९६९ जना आइसोलेसनमा रहेका छन्।
आइतबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ३१६ जनाको मृत्यु भइसकेको छ।
८ चैत २०७७, आइतवार १७:२१ बजे प्रकाशित












