बाजुराको एक सामुदायिक वनमा घरेलु बन्दुक फेला
बाजुराको मष्टेश्वरी सामुदायिक वनमा घरेलु भरुवा बन्दुक फेला परेको छ।
जिल्लाको बडीमालिका नगरपालिका–८ को उपभोक्ता समिति र डिभिजन वन कार्यालय बाजुराको टोली वनको अवस्था बुझ्न गएका बेला रुखको टोट्कामा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ।
वन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख सहायक वन अधिकृत राजन कुँवरका अनुसार फेला परेको घरेलु बन्दुक जिल्ला प्रहरी कार्यालय बाजुरामा बुझाएको छ ।
८ चैत २०७७, आइतवार १७:४९ बजे प्रकाशित












